‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक

...

फागुन, काठमाडौँ । चलचित्र  ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक गरिएको छ ।

हिपहप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ । गीतको भिडियोमा कलाकारहरुको मस्ती मूड, द्वन्द्व र केहि संवादसहितका दृश्य समेटिएको छ ।

निगम श्रेष्ठको लेखन र निर्माण रहेको चलचित्रले देशको प्राकृतिक स्रोत हत्त्याउन संघर्षरत तीन ग्याङको कथा भन्छ । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबीचको लडाइँमा सुपरस्टार अनमोल केसीले ग्रीन ग्याङको प्रतिनिधित्व गर्छन । उनि चलचित्रमा मेनडगको भूमिकामा छन् ।

१० वर्ष अगाडीको चर्चित सिनेमा ‘छड्के’को सिरिज र अनमोलको अभिनय भएकाले यो चलचित्र दर्शक माँझ प्रतिक्षित छ । चलचित्रले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने आशा गरिएको छ । सिनेमा फागुन १९ देखि अलनेपाल प्रदर्शनमा आउदैछ । ट्रेलर र टिजरले चलचित्रको हाइप निर्माण गरेका छन् । अहिलेसम्म ट्रेलर र टिजरलाई १९र१९ लाख पटक हेरिएको छ ।

चलचित्रमा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधाको व्यानरमा निर्मित चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।