चलचित्र पत्रकार संघमा नयाँ नेतृत्व

...

फागुन, काठमाडौं । चलचित्र पत्रकार संघले नयाँ नेतृत्व पाएको छ । नवौं महाधिवेशनबाट समीर बलामीको अध्यक्षतामा चलचित्र पत्रकार संघ, नेपालको नयाँ कार्यसमिति चयन भएको हो । 

संघको उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी ‘आवाज’ विजयी भए । यस्तै, उपाध्यक्ष कार्यक्रमतर्फ कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी भए ।  संघको महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नविन गिरी, समावेश सचिवमा उद्धव रसाइली विजयी भएका छन् । यस्तै, कोषाध्यक्षमा मनिष कार्की विजयी हुँदा सह–कोषाध्यक्षमा मनिष दाहाल निर्विरोध विजयी भएका छन् । 

यस्तै, संघको कार्यसमिती सदस्यमा सुरेन्द्र थापा, सीपी जैसी, अनुप भट्टराई, निशा बजगाँई, अर्जुन गुरागाँई र कृष्ण पाण्डे बिजयी भएका छन् । यस्तै, संघको महिला सदस्यतर्फ सुष्मा कार्की बिजयी भइन् । संघको समावेशी सदस्यमा मोहमद जलिम बिजयी भएका छन् । 

निर्वाचन अगाडि साधारण सभा उद्घाटन र त्यसपछि बन्दसत्र आयोजना गरिएको थियो । यसअघि दिनेश सिटौला अध्यक्ष रहेको चलचित्र पत्रकार संघको दुईदशकको इतिहास रहेको छ ।