‘प्रसाद २’ ट्रेलरः राजनीतिक र पारिवारिक कथा

...

फागुन, काठमाडौँ । यसैबर्षकौ चैतको २४ गतेबाट प्रदर्शन हुने तयारीमा छ नेपाली चलचित्र ‘प्रसाद २’ । यसै चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रले ले राजनीतिक र सामाजिक कथालाई उठान गरेको छ ।

चलचित्रमा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । उनीहरुको बैबाहिक जीवनपछि जातीयताको कारण आउने समस्या, त्यसमा अन्य व्यक्तिहरुले खेल्ने खेलको कथामा चलचित्र बनेको वुझ्न सकिन्छ । चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा सुशील पौडेलको कथा छ । चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको संगीत छ । चलचित्रको निर्माता सुदर्शन बस्नेत हुन् । सुभाष थापाको प्रस्तुतिमा तयार भएको चलचित्रको ट्रेलरले दर्शकमा उत्साह र अपेक्षा बढाउने पक्का छ ।

एसजी फिल्मस्ले सुलभ थापा प्रोडक्शनसँग सहकार्य गर्दै यो चलचित्रको निर्माण गरेको हो । ‘प्रसाद’ व्यापारिक र समीक्षागत रुपमा हिट भएपछि यसको निर्माणपक्षले यसको सिक्वेलको निर्माण गरेको हो ।

लभ स्टोरी चलचित्रबाट आफूलाई सफल निर्देशकको रुपमा प्रमाणित गरिसकेका निर्देशक थापाले ‘प्रसाद २’बाट सामाजिक कथामा पनि आफूलाई अब्बल प्रमाणित गर्ने छनक दिएका छन् ।