पहिलो दिनः अनमोलको ‘छड्के २’ भन्दा ‘छक्का पन्जा ४’ धेरै अगाडी

...

फागुन, काठमाडौँ । आज (फागुन १९) गते शुक्रबारबाट दुई नेपाली चलचित्र ‘छक्का पन्जा ४’ र ‘छड्के २’ प्रदर्शनमा आएका छन् । दिपकराज गिरी र दिपाश्री निरौला टिमको ‘छक्का पन्जा ४’ र युवास्टार अनमोल केसीको मुख्य अभिनय रहेको ‘छड्के २’ दुबैलाई प्रतिक्षित चलचित्र मानिएको छ । दुबैमा दर्शकको राम्रो उपस्थिती हने आंकलन गरिएको छ । यद्यपी पहिलो दिनमा यि दुई चलचित्रमध्ये ‘छक्का पन्जा ४’ को गतिबिधि बढी देखिएको छ । अर्थात दर्शकको उपस्थिती ‘छक्का पन्जा ४’ मा धेरै देखिएको छ । 

शुक्रबार बिहानीको शो ५० देखि ७० प्रतिशत देखिएपनि चलचित्रले १ बजेपछि आक्रामक हुँदै आयो । क्यूएफएक्स र आईएनआईका काठमाडौं र उपत्यकाबाहिर हलमा शतप्रतिशत अकुपेन्सी हुने देखिएको छ । काठमाडौंस्थित वान सिनेमाज्, बिग मुभिजलगायतका हल खचाखच देखिएका छन् ।

छक्का पन्जालाई क्यूएफएक्सले जम्मा ६३ शो दिँदा ‘छड्के २’ ले जम्मा ४० शो पाएको थियो । तर ‘छड्के २’का लागी त्यो पनि धेरै हुन गयो । किनकी अग्रिम बुकिङ ‘छड्के २’ मा खासै देखिदैन र दिएका शेमा दर्शकको संख्या न्यून छ । भोली शनिबारका लागी क्यूएफएक्सले दिएको शो हेर्ने हो भने ‘छक्का पन्जा ४’लाई ७० शो दिइएको छ भने ‘छड्के २’ लाई जम्मा ३९ शो छ । 

हेमराज विसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, नीर शाह, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकीलगायतको अभिनय छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा दीपकराज स्वयंको कथा, पटकथा तथा संवाद छ ।

यस्तै ग्याङस्टर जनरामा निर्माण भएको ‘छड्के २’लाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानको पनि अभियन छ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ चलचित्रका निर्माता हुन् ।