हिमालय लोकस्टारको उत्कृष्ट २० मा पुगेका किरण भन्छन्, ‘यो सुरुवात हो’

...

फागुन, काठमाडौँ । लोक तथा दोहोरी गीत गाउनेहरुलाई लक्षित गर्दै सुरु भएको गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ अहिले हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको छ । अहिलेसम्म इपिसोड १३ प्रसारण भइसक्दा चर्चा पाउँदै गएको छ । नेपालमा भइरहेका अन्य गायन रियालिटी शोको तुलनामा चर्चा र युट्युवमा भ्युज कम भएतापनि मौलिक गायक रियालिटी शो भएकाले पनि लोकगीत क्षेत्रमा चर्चा राम्रो छ । 

यसैबिच हिमालय लोकस्टारको उत्कृष्ट २० मा पर्न सफल भएका छन् किरण बिसी । उनी केहिसमय अघिनै गोल्डेन ट्रफि पाएर सिधै उत्कृष्ट २० भित्र पर्न सफल भएका हुन् । कुनै समय नेपालमा केहि गर्न सकिदैन भन्ने लागेर ऋण खोजेरै बिदेश लागेका थिए । पछि नेपाल फर्किएर गीत गाउन थाले । अहिले लोकस्टारमा गोल्डेन ट्रफि पाएर उत्कृष्ट २० मा पुगेपछि यो आफ्नो जिवनका लागी सुरुवात भएको र अझै धेरै गर्न बाँकी रहेको आर्टिष्ट खबरसँगको कुराकानीमा बताएका छन् । 

काठमाडौं आएर काम खोज्दै जाँदा दोहोरी साँझमा काम गरेको देखी पैसा नभएर भोज्नुपरेको दुखसँगै लोकस्टार भित्रका कुरा भएका छन् । भिडियो अन्तर्वार्ता हेर्न सक्नुहुनेछ ।