माघ २७, पोखरा । लक्की मिडिया हाउस चितवले नेपाली कथानक चलचित्र ‘जन्मभूमि’को विशेष शो गर्ने भएको छ । राष्ट्रिय भावनाले ओतप्रोत यस चलचित्रको आगामी चैत्र ४ गते साँझ ६ बजे चितवनको पहिलो मल्टिप्लेस सिनेमा हल क्यू.एफ.यक्स. जलमा सिनेमा हल नारायणगढमा विशेष शोे गरिने भएको हो ।
माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो, बाह्य हस्तक्षेत्र एवं जनजिवनका विविध पक्ष समेटिएर बनाईएको यस मौलिक कथाबस्तु बोकेको नेपाली कथानक चलचित्र जन्मभूमि लक्की मिडिया हाउस चितवनका प्रवन्धक निर्देशक हरि कार्की लक्कीले जानकारी दिनुभयो । चलचित्र जन्मभूमिमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनुशाह, ओम प्रतिक, केशव भट्टराई उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौला लयायतका कलाकारहरुले अभिनय गरेका छन् ।
चलचित्रमा चेनत कार्की , पुण्य निरौला एवम् शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङ्कन शंकर विसीको नृत्य निर्देशन विपिन मल्लको सम्पादन एवंम् अष्ट महर्जनको द्धन्द्धको भुमीका निर्भाह गरेका छन् । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रियले गनुभएको छ ।
अम्विका गिरीको प्रस्तुती चलचित्रमा सुरज गिरीको लगानी रहेको छ । जन्मभुमी चलचित्रमा यस अघि थुप्रै टेलिश्रृंखलाको लेखन निर्देशन अभिनय तथा चलचित्रको प्रसस्त लेखन तथा अभिनय गरेका मोहन निरौलाको निर्देशकमा बनेको चलचित्र हो । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा विशेष शो गर्दै आएको छ ।
-सन्तोश बस्याल बाट