थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको निधन

...

फागुन, काठमाडौँ । थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको उपचारको क्रममा निधन भएको छ । ४५ वर्षिय थारुको निधन पोर्चुगलको एक अस्पतालमा हृदयघातबाट भएको अस्पतालले जनाएको छ । 

कमैया नामक डकुमेन्ट्रीमा उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए । चौधरीकै अभिनय तथा लगानीमा निर्माण भएको थारु फिल्म बौछार, जीवन एक लदिया हो लगायत हिट भएका थिए । कराँतेका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका चौधरी थारु फिल्मको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए ।

उनी धनगढी उपमहानगरपालिका १ शिवनगरका बासिन्दा हुन् । सन् २०११ देखि पोर्चुगलमा बस्दै आएका थिए । चौधरीकी आमा, पत्नी र तीन छोरी छन् ।