‘दिलमाया २’ को टिजर सार्वजनिक

...

फागुन, काठमाडौँ । आगामी बर्षको असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दिलमाया २’ को टिजर सार्वजनिक गरिएको छ । राजु गिरीको निर्देशनमा निर्माण भएको यो चलचित्र आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको चलचित्रको टिजरले दर्शकको मन जित्न सक्ने देखिन्छ ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा किरण र सेन्जलका अलवा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ । ‘दिलमाया २’ को लेखन तथा निर्देशन स्वयंम राजु गिरीको नै रहेको छ ।

बिष्णु निराकर र सुस्मिता खत्रीले खिचेको सिनेमामा खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । चलचित्रलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन र प्रोडक्सन म्यानेजरमा रेश्मा केसी  रहेकी छन् ।