बेनिसा हमालप्रति माग्ने बुढाको ब्यंग्य, ‘लुगा अनामनगर मान्छे कोटेश्वर’

...

फागुन, काठमाडौँ । चलचित्र ‘छक्कापन्जा ४’ रिलिजसँगै होलीको अबसरमा सोमबार ‘छक्कापन्जा’ टिमले काठमाडौँको बानेश्वरमा होली कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा चलचित्रकी निर्माता तथा कलाकार दिपाश्री निरौला लगायत चलचित्रका धेरै कलाकार उपस्थित थिए । तर दिपकराज गिरि भने अनुपस्थित थिए । अभिनेत्री बेनिसा हमाल पनि होली कार्यक्रममा सहभागी थिइन् । उनी हट एण्ड बोल्ड रूपमा प्रस्तुत भएकी थिइन् । केदार घिमिरे अर्थात माग्ने बुढाले उनको लुगालाई तलबाट माथीसम्म हेर्दे व्यङ्ग्य गर्न भ्याए ।

benisha-hamal-magne-buda.png

उनले बेनिसा लाई भने ‘बेनिसा हमाल तल तिर कमाल, गर्मी लागेको थियो बतासले लुगा उडायो । लुगा अनामनगर तिर उडिराछ मान्छे कोटेश्वर तिर फर्किएकी छिन् ।’ यसरी व्यङ्ग्य गरिसकेपछि  बेनिसा लजाइन् र भनिन् ‘दाई के मलाई रोस्ट हान्न बोलाउनुभएको ?’