श्रीमानविरुद्ध अंशबन्डाको मुद्दाहालेकी निशा लेख्छिन्, ‘म न लुकाउने पक्षमा छु न सम्झाउने पक्षमा’

...

फागुन, काठमाडौँ । अभिनेत्री निशा अधिकारले श्रीमान् शरद भेषावकरविरुद्ध अंशबन्डाको मुद्धा हालेकी छन् । उनले भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा अंश अंशबन्डाको मुद्धा हालेकी हुन् । उनले छोरा र आफ्नो लागी समेत अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा दर्ता गरेकी छन् ।

निशाले अदालतमा सम्बन्ध विच्छेदको मुद्धा भने हालेकी छैनन् । सम्बन्धविच्छेद नगरिकन पनि अंश माग गर्न सकिने कानूनी प्रावधानअनुसार उनले शरदविरुद्ध मुद्धा हालेकी हुन् । केहि वर्षदेखि निशा र सरद अलग–अलग बस्दै आएका थिए । केहि बर्षको प्रेम सम्बन्धलाई निशा र शरदले विवाहमा परिणत गरेका थिए । उनीहरूको बिबाह ५ बर्ष अगाडी भएको थियो । बिशाका श्रीमान् शरद चर्चित क्रिकेटर हुन् ।

निशाले पहिलो सन्तानलाई अमेरिकामा जन्म दिएकी थिइन् । अमेरिकामा सन्तानलाई जन्म दिँदा सन्तानले सोझै अमेरिकाको नागरिकता पाउने भएकाले निशाले अमेरिकामा सन्तानलाई जन्म दिएको हुनसक्ने चर्चा पनि खुबै चलेको थियो । तर, अहिले उनी नेपालमा नै छिन् । निशा चलचित्र ‘जय हो’को सुटिङमा चाडै नै व्यस्त हुँदैछिन् ।

शरदविरुद्ध अंशबन्डा मुद्धा हालेको विषयमा विभिन्न टिका–टिप्पणी हुन थालेपछि निशाले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै शरद, छोरा र आफूहरुबीच माया र सम्मान रहेको बताएकी छन् । उनले स्टाटसमा लेखेकी छन्, ‘म न लुकाउने पक्षमा छु न सम्झाउने पक्षमा । यो हाम्रो निजी मामला हो र हामी परिपक्वता र करुणाका साथ राम्रो तरिकाले यी चिजमा काम गरिरहेका छौं ।’