माघ, काठमाडौं । मलेसियाको पेनाङ शहर मा फ्रेबुअरी ७ देखि भएको तिनदिनको ‘रकस्टार धमाका–२‘ कार्यक्रम सम्पन्न भएको छ । रकस्टार धमाका ग्रुपको आयोजनामा चाईनिज नयाँबर्षको अवसरमा भएको सो कार्यक्रम पेनाङको बिभिन्न तिन हलमा भएको थियो ।
कार्यक्रम फेब्रुअरी ७ तारिकमा सुंगाई पतानी, ८ तारिकमा बुकिट, ९ तारिक बिएम देवान हलमा सम्पन्न भयो । कार्यक्रमका संयोजक पुष्पलामाले आर्टिस्ट खबरलाई दिएको जानकारी अनुसार कार्यक्रम निकै उत्कृष्ट भएको र आगामि दिनहरुमा पनि रकस्टार धमाका ग्रुपले यस्तै मनोरञ्जनात्मक कार्यक्रम गर्दै जाने बताउनुभयो । उहाँले मलेसियामा बैदेशीक रोजगारका शिलशिलामा रहनुहुने नेपालीहरुका लागी यस्ताकार्यक्रम निकै ठुलो हुने र नेपालीपनको झल्कोमेटिने भएकोले पनि बर्षैपिच्छे गर्दै आएको बताउँनुभयो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु गायक राजेश पाएल राई, हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), गायिका/मोडल सिर्जु अधिकारी, कोरियोग्राफर/हाँस्य कलाकार पेमा लामा, मोडल चन्दा दाहालले उपस्थित दर्शकमा आफ्नो प्रस्तुती देखाएका थिए ।
राजेश पाएल राई
राजेश पाएल राई सयौं गित गाएर नेपाली दर्शक तथा स्रोताको मनमुटुमा बस्न सफल गायक हुन् । उनका दर्जनौं चर्चित गितहरुलाई दर्शक तथा स्रोताले मनपराएका छन् । साथै उनले फिल्मका सयौं गितहरु गाएका छन् । उनले मलेसियाको उक्त कार्यक्रममा स्टेज चढेपछि दर्शकलाई खुबै नचाईरहे । उनका बिभिन्न चर्चित गित गाउँदा दर्शकहरु ननाँचि बस्ने सकेनन् ।
जितु नेपाल (मुन्द्रे)
हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) दर्शक हँसाउन निकै खप्पिस छन् । स्टेजमा दर्शकलाई आफुतिर केन्द्रित गरी समासामाहिक बिषयमा व्यंग्य गर्दै पेचमिचि मिचि हँसाएका जितुले मलेसियाको तिनदिनकै कार्यक्रममा बिशेष प्रस्तुती देखाए । उनीले पछिल्लो समय नेपालमा गएको भुकम्प, नाकाबन्दी लगायतको बिषयमा दर्शकलाई निकै हँसाएका थिए ।
सिर्जु अधिकारी
सिर्जु अधिकारी गायिका तथा मोडल दुबै बिधामा अगाडि छिन् । दर्शक तथा स्रोता माझ लोक तथा दोहोरी गित गायिकाको रुपमा आफुलाई स्थापित गरेर अघि बढेकी सिर्जु मोडलिङमा पनि उत्तिकै रुचाईएकी छिन् । उनले पनि कार्यक्रममा आफ्ना बिभिन्न लोकगितहरु गाएर दर्शक नचाईन् ।
पेमा लामा
कोरियोग्राफरबाट चिनिएका पेमा लामा पछिल्लो समय हाँस्य बिधामा पनि सक्रिए छन् । उनले दर्जनौं म्युजीक भिडियोमा र केही फिल्महरुमा समेत कोरियोग्राफि गरीसकेका छन् । उनले अभिनय गरेको गोफ्ले गोपी नामक सटफिल्म युट्युवमा हिट हुँदै गएको पाइन्छ । कार्यक्रममा नृत्य तथा कमेडी प्रस्तुती गरेका पेमालाई दर्शकले निकै हुटिङ गरीरहेका थिए ।
चन्दा दाहाल
मोडल चन्दा दाहालल केही म्युजीक भिडियोमा र फिल्ममा समेत अभिनय गरेकी छिन् । उनले मलेसियाको पेनाङको तिनदिनको कार्यक्रममा बिभिन्न चर्चित गितमा नृत्य देखाएकी थिइन् । उनलाई कोरियोग्राफर पेमालामाले नृत्यमा साथ दिएका थिए ।