‘टिभी फिल्मी’को नाम परिवर्तन, अब ‘नारी टिभी’ बन्ने

...

फागुन, काठमाडौँ । बिगत १४ वर्षदेखी नेपाली चलचित्र क्षेत्रको गतिबिधि समेटेर आइरहेको टेलिभिजन टिभी फिल्मीको नाम परिवर्तन गरिएको छ । नारी दिवसका दिनमा टेलिभिजन टिमले घोषणा गरेको हो । भनिएकोछ, यस च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरुलाई नै प्राथमिकतामा राखिने छ । नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरु अधिकांश नारीहरु मै केन्द्रित रहने छन् ।

महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु  महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरू लाई सबल सक्षम बनाउने र सबल सक्षम  छिरीहरुका प्रेरणादायी कथाहरु देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रशारण गरिने छन्  यी कार्यहरूमा पुरुषहरुले  सघाउनु पर्नेछ, साथ र हात दिनु पर्नेछ। देशका आमा दिदिबहिनी छोरीहरुमा समर्पित एउटा सम्पुर्ण नारी च्यानलका रुपमा हामी चाडै नै नेपाली आकाशमा छाउने छौं ।