‘छक्का पन्जा ४’ को एक सम्वाद प्रति कलाकार मधुसुधनको आपत्ति

...

फागुन, काठमाडौँ । गएको साताबाट प्रदर्शनरत नेपाली चलचित्र ‘छक्का पन्जा ४’ को एक सम्वाद प्रति कलाकार तथा सहकारी ब्यवसायी मधुसुधन पाठकले आपत्ति जनाएका छन् । पाठकले कलाकार दीपकराज गिरीले चलचित्रमा बोलेको सम्वादलाई लिएर आपत्तिक जनाएका हुन् । 

पाठकले एक युवतीसँग बेडमा बसेर सहकारिको बिषयमा अतिरंजित हिसाबले अश्लिल तबरले घटिया शब्द प्रयोग गरेको डाईलग प्रति घोर आपत्ति छ भनेका छन् । उनले देशकै अर्थतन्त्रको प्रमुख एक हिस्सा ओगटेको सहकारि क्षेत्रको अध्ययन बिना प्रयोग भएको डाईलगको वाक्यांश सहि नभएको र दीपकराज गिरीमा अध्ययनको कमि भएको बताएका छन् । 

उनले आफ्नो फेसबुकमा उक्त सम्वादको भिडियो क्लिप नै सेयर गर्दै लेखेका छन्, ‘सहकारिको बिषयमा अतिरंजित हिसाबले अश्लिल तबरले घटिया शब्द प्रयोग गरेको डाईलग प्रति घोर आपत्ति छ दिपक दाई तपाईका सबै डाईलग प्रति रोमान्टिक हिसाबले सहमत छु तर देशकै अर्थतन्त्रको प्रमुख एक हिस्सा ओगटेको सहकारि क्षेत्रको अध्ययन बिना प्रयोग यो डाईलगको वाक्यांश सहि छैन अध्ययनको कमि हो तपाईको प्रिय दिपक दाई जे होस फिल्म दामि छ समय सापेक्ष राजनितिक परिवर्तनका लागि यो सबैले हेर्न आवश्यक छ बधाई तथा शुभकामना ।’ 

पाठक सक्किगोनी टेलिश्रृंखलाका एक कलाकार समेत हुन् । साथै उनले काठमाडौंमा जेष्ठ शहकारी सन्चालन गर्दै आएका छन् ।