मल्लिका खतिवडा, नयाँ कालमा कविताको नयाँ स्वरूप

...

सुरेस तिमल्सिना/ फागुन, काठमाडौँ । झापा जिल्ला अवस्थित गौरादह ३ मा जन्म लिई हाल काठमाडौं बसोबास गर्दै आईरहेकी २१ बर्षिय मल्लिका खतिवडा हरेक चरणमा नयाँ किसिमले कविता प्रस्तुत गर्दै गद्य र पद्य दुबै पाटालाई खेलाएर सुन्दर कविता लेखन संगै वाचन गर्न सफल भई कविता प्रतियोगिताको महासङग्राम द पोइट आइडल नेपालमा सबैभन्दा कान्छी प्रतिस्पर्धिको रुपमा अगाडि बढिरहेकि छिन् ।

२१ बर्षिय मल्लिकालाई कवितामा रुचि आजभन्दा १० बर्ष पहिलै देखि नै थियो । उनको स्वभाव , उनले अध्ययन गर्ने बिद्यालय र घर परिवारको वातावरणले गर्दा साहित्य तर्फ आफ्नो बृहत रुचि रहेको मल्लिका बताउछिन् । उनको लेख्ने शैली साथसाथै वाचन शैलीले पनि निकैको मन जित्न सफल भएको छ । कलिलो उमेरमै गहन आध्यात्मिक चेत र समकालीन सामाजिक अवस्थाको गहिरो बोध भएकि कविको रुपमा अहिले मल्लिका परिचित छिन् । 

मल्लिकाले हिजो सार्वजनिक भएको द पोइट आइडल नेपालको २१ भाग अन्तर्गत शहर, सपना र संघर्ष बिषयमा आधारित भएर नेवारी पोशाक, संगीत र कवितामा देखेर दर्शकहरुले धेरै रुचाएका छन् । उनी नेवारी नभएता पनि यस्तो मीठो ढंगमा सबै धर्मलाई अङ्गालेर अघि बडेको देखेर निर्णायकबाट समेत राम्रो प्रतिक्रिया पाएकी थिईन । 

पोइट आइडलको उपाधी आफ्नो पोल्टामा पार्नको निम्ति अगाडि बढिरहेकी मल्लिका आगामी भागबाट आफू टप ६ मा पर्न सफल तुल्याउन भोट गरिदिनको निम्ति दर्शकमाझ अपिल गर्छिन् । संसारका साहित्यनुरागी मनहरुसँग जोडिने मौका मिलेको कारण यो अवसरलाई सहि ढंगले सदुपयोग गर्ने प्रयासमा छिन् ।