फागुन, काठमाडौं । यतिखेरका चर्चित जोडि अभिनेत्री निता ढुंगाना र उनका प्रेमी आमेष भण्डारीको भ्यालेन्टाइन डेको अवसरमा अर्को खबर बाहिरीएको छ । आमेषले प्रेमीका नितालाई भ्यालेनटाइन डेको अवसर पारेर राखेको बिहेको प्रस्तावलाई टुक्राएकी छिन् ।
करिब ४ बर्षदेखि नीतासँग प्रेममा रहेका आमेष अब भने बिहे गर्न चाहन्छन् । तर, नीता भने बिहे गरेपछि घरजम हुने र फिल्ममा समय दिन नपाइने भन्दै तत्काल बिहे गर्न चाहन्नन् । जसका कारण आज बिहान उनले नीतालाई बिहेको प्रस्ताव राखेका थिए, जसलाई नीताले २ बर्षपछि भनेर जवाफ दिएकी छिन् ।
आमेष अब नीतालाई २ बर्षसम्म कुर्न तयार छन् । नीता र आमेष अहिले फिल्म फूलै फूलको मौसम तिमीलाई मा एकसाथ देखिएका छन् । यो फिल्म रिलिज भएपछि नीतासँग बिहे गर्ने योजना आमेषको थियो ।
नीतालाई उनले रिङ उपहार दिएर बिहे प्रस्ताव राख्ने योजना बनाएपनि रिङ आइनपुगेकाले फूल दिएर प्रस्ताव राखेका थिए ।