वर्षा र रमेश अभिनित चलचित्र ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक

...

फागुन, काठमाडौँ । नयाँ चलचित्र ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक गरिएको छ । अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको मुख्य अभिनय रहेको यो चलचित्रको टिजर रिलिजसँगै निर्माण पक्षले रिलिज पोस्टपोन्ड भएको जानकारी समेत दिएको छ ।

यसअघि चलचित्र चैत्र १० गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । प्राविधिक काम नसकिएकाले चलचित्रको प्रचार प्रसार पनि गर्न नभ्याएको भन्दै निर्माण टिमले रिलिज सार्नु परेकको जानकारी दिएको छ । अब सिनेमा नयाँ २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको चलचित्रमा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा चलचित्रमा अभिनय गरेका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम चलचित्र समेत हो ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको सह(निर्मातामा सुदीप पौडेल छन् । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।