पोखरामा खुल्यो ‘हेयर एण्ड शान्ति युनिसेक्स सैलुन’को ११ औ शाखा

...

फागुन, काठमाडौंँ । सैलुनको क्षेत्रमा छुट्टै पहिचान बनाउँदै अगाडी बढेको ‘हेयर एण्ड शान्ति युनिसेक्स सैलुन’ले आफ्नो ११औं शाखा पोखरामा सन्चालनमा ल्याएको छ । काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्ति युनिसेक्स सैलुनको पोखराको नयाँ शाखा न्यू रोड खुलेको हो ।   

हेयर एन्ड शान्ति’ की संचालक एवं हेयर स्टाइलिस्ट अनुजा श्रेष्ठले अन्य शाखा बिस्तारका लागी पनि आफूहरुले अगाडी बढेको बताइन् । झण्डै ६ वर्षको अवधिमै ग्राहकमाझ लोकप्रिय बन्न पुगेको हेयर एण्ड शान्ति सैलुनले पोखरामा पनि ग्राहकको मन जित्नेमा श्रेष्ठले विश्वास लिएकी छिन् । उनले गुणस्तरीय सौन्दर्य प्रसाधन र उपकरण, छरितो सेवा, पोख्त जनशक्ति लगायतका कारण हेयर एण्ड शान्तिले ग्राहकको मन जितेको बताएकी छिन् । 

हेयर एण्ड शान्ति युनिसेक्स सैलुनले कमलादी, दरबारमार्ग, ठमेल, नक्साल,  जावलाखेल, नारायणघाट, नयाँ बानेश्वरमा, हेटौंडाको हेटौंडा बजार र हेटौंडा स्थित भाटभटेनी सुपर मार्केटको द्रोसो तल्लामा र बिरगंजको रुगटा मलमा सेवा सुरू गरिसकेको छ ।

सेलिब्रेटीको रोजाईमा पनि हेयर एण्ड शान्ति
गुणस्तरीय सौन्दर्य प्रसाधन र उपकरणका साथ सेवा दिएकाले हेयर एण्ड शान्ति नेपाली सेलिब्रेटीको पनि रोजाईको अग्रपक्तिमा पर्छ । चलचित्रका बिभिन्न नायक नायिका, गीतसंगीतका गायक, गायिकासँगै थुप्रै सेलिब्रेटीहरुले दिनहुँ सेवा लिइरहेको सन्चालिका श्रेष्ठले जानकारी दिइन् ।