यसबर्षको सर्बोउत्कृष्ट मेकअप आर्टिष्टबाट बिक्रम गौतम सम्मानित

...

सुरेस तिमल्सिना, फागुन, काठमाडौँ । काभ्रेपलाञ्चोकमा २०५१ सालमा जन्मिएका बिक्रम गौतम बिगत १२ बर्षदेखि बिक्रम गौतम सिनेजगतमा मेकअप गर्दै आइरहेका छन । उनले पुरानो बुलेट, कप्स, विच्छेद , भुगोल, क्रश जस्ता दर्जन बढी चलचित्रमामा समेत काम गरिसकेका छन् । यस्तै उनले चर्चित नेपाली टेलिसिरियल सक्किगोनी, भद्रगोल, मेरिबासै, बुहारी, हालत खराब, क्या जबाना आ, जस्ता कयौं टेलिसिरियलमा समेत काम गरिसकेका छन् । 

 म्युजिक भिडियो अन्तर्गत उनले चाहन्छु, सपनिमा, ए काली लगायत हजारौं भिडियो तथा बिज्ञापनमा समेत काम गरिसकेका छन् । पावर इन्टरनेशनल मिडिया नेपाल ( पिम नेपाल) को आयोजनामा आयोजित कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीेको प्रमुख उपस्थितिमा आयोजित ू छैटौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०७९ ू अन्तर्गत फिजाई पंख बोलको म्युजिक भिडियो मार्फत यस बर्षको सर्बोउत्कृष्ट मेकअप आर्टिसको सम्मान प्राप्त गरेका हुन् । 

कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा पुर्व शिक्षा मन्त्री एवं पुर्व उपसभामुख चित्रलेखा यादव, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, लगायत अन्य ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।