रवी ओडको ‘ओई मेरी रामप्यारी’मा सुशान्त र लोसिना

...

चैत, काठमाडौँ । लामो समयको अष्ट्रेलिया बसाईपछि नेपाल फर्किएका अभिनेता सुशान्त कार्की कार्की गत महिना नेपाल फर्किएका छन् । नेपाल फर्कैसँगै सुशान्त म्युजिक भिडियोको काममा ब्यस्त भएका छन् । 

करिब एक दर्जन चलचित्रमा काम गरेका सुशान्त अभिनित कमब्याक म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘नेपाल आइडल सिजन २’ विजेता गायक रवी ओड स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक म्युजिक भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन् ।

हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।