चैत, काठमाडौँ । ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ पाँचौं सिजनको यही चैत अन्तिममा हुने भएको छ । एक महिना अघि यो प्रतियोगिता फारम खुला गरिएको थियो । यो प्रतियोगिताको पहिलो अडिसन यही र्चैत ५ गते काठमाडौंमा हुने भएको छ । यसको दोश्रो अडिसन आगामी चैत १० गते हुने भएको छ ।
नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता बिगत पाँच वर्षदेखि हुँदै आएको छ । व्युटिसियनहरुको प्रतिभा प्रस्तुतिका लागि नियमित हुँदै आएको यो नै पहिलो प्रतियोगिता हो ।
रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.लेको आयोजनामा हुँदै आएको यो प्रतियोगितामा सहभागी हुनेहरुलाई बिगत झैं यसपटक पनि विभिन्न शिर्षकमा प्रशिक्षण राखिएको छ ।
यो प्रतियोगिताकी बिजेताले काठमाडौं बैंकक काठमाडौंको यात्राको लागि दईतर्फ हवाई टिकट सहित विभिन्न उपहार, सर्टफिल्म तथा म्युजिक भिडियोमा मेकअप र मोडलिङ अबसर, विभिन्न र्याम्पमा क्वाटवाकको अबसर प्राप्त गर्ने छन् । फस्ट रनरअप, सेकेन्ड रअरअपले पनि विभिन्न उहपार, सर्ट फिल्म तथा म्युजिक भिडियोमा मेकअप र मोडलिङ अबसर, विभिन्न र्याम्पमा क्वाटवाकको अबसर प्राप्त गर्ने छन् ।
प्रतियोगीहरुले अहिले निकै चर्चामा रहेका हाईडा फेसियल देखि ब्युटिसियनहरुको लागि अत्यन्त उपयोगी विभिन्न क्लास प्रशिक्षणको क्रममा लिन पाउने छन् । यो कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष बरिष्ट ब्युटिसियन सोनी कारँजितको मातहतमा विभिन्न बिज्ञ प्रशिक्षार्थीबाट व्युटि सम्बन्धि दुई साता लामो प्रशिक्षण हुने छ ।
जसमा यो प्रतियोगिताका प्रतियोगीहरुलाई हाईडा फेसियलसँगै ल्यासेस एक्सटेन्सन क्लास, सेल्फ मेकअप क्लास, ब्राईडल मेकअप क्लास, रशियन जुरो क्लास, विभिन्न हेयर स्टाईल क्लास, वाटर मार्वल नेल आर्ट क्लास, कस्मेटिक केमिकल क्लास, पर्मामेन्ट ल्यासेस लिफ्टिङ ९कर्ल० क्लास, स्किन केयर क्लास दिईने छ । नेपालबाट पहिलो पटक कस्मेटिक साईन्समा ग्राजुएसन गरेकी रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारँजितले प्रतियोगीहरुलाई व्युटी सम्बन्धि विभिन्न अत्याधुनिक प्रशिक्षण दिनेछिन् ।
यस्तै प्रतियोगीहरुलाई दुई सातासम्म र्याम्प प्रशिक्षण, पर्सनालिटी डेभलपमेन्ट प्रशिक्षण, फोटोशेसन, भिडियोशेसन जस्ता प्रशिक्षण दिईने छ । पार्टी गाउन, टिसर्ट देखि प्रशिक्षणका क्रममा विभिन्न सामग्री समेत उपलब्ध गराईने भएको छ ।
बिगत ५ वर्ष देखि देशभरका व्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशकालागि यो प्रतियोगिता आयोजना गर्दै आएको अयोाजक संस्था रोज व्युटी एकेडेमीकी अध्यक्ष तथा बरिष्ट व्यु्टिसियन सोनी कारँजितले बताएकी छिन् ।
यो कार्यक्रमका अर्का आयोजक डब्बु क्षत्रीले प्रतियोगीहरुलाई मिडिया म्यानेजमेन्ट देखि व्यक्ति विकाशसम्मका विभिन्न प्रशिक्षण दिने छन् । व्युटिसियनहरुलाई अरु विधाका जस्तै सेलिब्रेटीको रुपमा आफुहरुले स्थापित गर्ने पनि आयोजक क्षत्रीले बताएका छन् ।