चैत, चितवन । गायक आनन्द कार्की चितवनमा सम्मानित भएका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २६, ज्योतिनगरमा रहेको कालिका संस्कारकुलम आवासिय माध्यमिक विद्यालयको ३१औँ अभिभावक दिवसको अवसरमा कार्कीलाई सम्मान गरिएको हो ।
गायक कार्की नेपाली सांगीतिक धरातलमा बिगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै आएका छन् । गायनबाट अन्तरराष्ट्रिय क्षेत्रमा समेत देशलाई चिनाउन सक्रिय छन् । उनले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी छ हजार भन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ ।
कार्यक्रममा समाजसेवी महिला अधिकारकर्मी मञ्जु् खाँडलाई पनि सम्मान गरिएको थियो । भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रशेन अधिकारी प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ॠषिराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।