चलचित्र ‘जय हो’ निर्माण हुने, अर्पण, सलोन देखी केकी, निशासम्मको अभिनय रहने

...

चैत, काठमाडौँ । नयाँ चलचित्र ‘जय हो’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै औपचारिक घोषणा गरिएको यस चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारीको मुख्य भूमिका रहने बताइयो । साथै अन्य कलाकार माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङको पनि अभिनय रहनेछ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहने यो चलचित्रलाई टेक पौरखी राईले निर्देशन गर्नेछन् । चलचित्रको द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले दुखी रहेका छन् । 

jaya ho movie news.jpg

चलचत्रि भोली (आइतबार)बाट छायांकनमा जाने बताइएको छ । चलचित्रको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने चलचित्र आगामी भदौ ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ । 

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।