प्रेमीसँगको तस्बिर राख्दै एलिना लेख्छिन्, ‘तिम्रो सम्झनाले मलाई जागै राख्छ’

...

चैत, काठमाडौँ । गायिका एलिना चौहानले प्रेमीसँग तस्वीर सार्वजनिक गरेकी छन्, जसले यी दुईजना प्रेम सम्बन्धमा छन् भन्ने चर्चालाई यथार्थमा परिणत गराएको छ । टिकटकमा लगातार भिडियो पोस्ट भएपछि मिडियामा यी दुईको प्रेम रहेको हल्ला खुबै चलेको थियो ।

ती गसिपलाई गायिका चौहान र उनका प्रेमी बिष्णु सापकोटा दुवैले हो भनेर संकेत गरेका छन् । इन्टाग्राममा दुवैजना सँगै रहेको तस्वीर र मायाको क्याप्सन ले उनीहरू प्रममा निकै डुबेको बुझिएको छ ।

एलिना  इन्टाग्राममा लेख्छिन्, ‘तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई सुत्न दिंदैन । तिम्रो साथले मलाई जीवित राख्छ ।’ स्टाटसमा एलिनाले हार्ट–इमोजी राखेकी छन् । एलिनाले पहिलोपटक सार्वजनिक रुपमा प्रेमलाई स्वीकार गरेकी छिन् । उनको उक्त पोस्टमा फ्यानले बधाई दिइरहेका छन् ।