राजेश पायल राईको स्वरमा ‘काली काली’ सार्बजनिक

...

चैत, काठमाडौँ । गायक राजेश पायल राईको स्वरमा  ‘काली काली’ बोलको नयाँ गीत  सार्बजनिक गरिएको छ । टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन् ।

गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन् । गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा कोरियोग्राफर हुन् । गजितले चलचित्रमा समेत काम गरिसकेका छन् । 

सम्बन्धले यी दुई दाजुभाइ पनि हुन् । लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन् । लामो समयपछी गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।

टी.एन आचार्यले  नै निर्माण गरेको गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन् । ‘द प्रिमियर प्रोडक्सन’ बाट सार्बजनिक भएको भिडियोमा अशोक थापाको एरेन्ज, मनोज दङ्गोलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको छ ।