तीनबर्ष देखी ‘आई एम ट्वान्टी वान’का लागी जसिताको समय

...

चैत, काठमाडौँ । नायिका जसिता गुरुङ धेरै चलचित्रका काम गर्ने अभिनेत्रीमा पर्दिनन् । उनले लिलिबिली र लभस्टेशन चलचित्रमा काम गरिन् । उनले दुबै चलचित्रबाट कामको तारिफ कमाइन् । उनी बिशेषगरी लुक्सका कारण पनि दर्शकको मनमा बसिरहेकी छिन् । अहिले उनको तेस्रो चलचित्रको रुपमा ‘आई एम ट्वान्टी वान’ प्रदर्शन हुने क्रममा छ । यो चलचित्र यहि चैत २४ गतेबाट प्रदर्शन हुँदैछ । 

अभिनेत्री जसिताले ‘आई एम ट्वान्टी वान’का लागी तीनबर्षदेखी समय दिइरहेकी छिन् । यसपछि जसिताले एक रियालिटी शोको निर्णायक भएर काम गरिसकेकी छिन् । तर, जसितालाई ‘रुबी’ पात्रले अझै पनि छाड्न सकेको छैन । सार्वजनिक कार्यक्रममा समेत जसिता ‘रुबी’ पात्रकै गेटअपमा हिड्ने गरेकी छिन् ।

चलचित्रकी निर्देशक रेनशा वान्तवा राइले ‘आई एम ट्वान्टी वान’का लागि जसिताले ३ बर्षको समय दिएको बताइन् । भनिन्–‘कुनै पनि कलाकारले ३ बर्षसम्म एउटै प्रोजेक्टका लागि समय दिनु सामान्य कुरा होइन । जसिताले रुबी पात्रमा आफूलाई जिउनका लागि निकै मिहिनेत गरेकी छिन् ।’

jassita gurung.jpg

आखिर, जसितालाई रुवी पात्रले यति धेरै किन छोएको होला ? जसिता भन्छिन्–‘म आफैसँग सपना देख्छु । फिल्ममा पनि रुबी यस्तो एक पात्र हो, जसले आफू भित्र नै सपना देख्छे । यसैले, मसँग रुवी नजिक छिन् । म रुवीलाई कहिले पनि छाड्न सक्दिनँ ।’

जसिताले ‘सुपर डान्सर’ नामक रियालिटी शोको निर्णायक भएर काम गरिन् । फिल्मको कथामा पनि आफूले गरेको मिहिनेत जस्तै यो रियालिटी शोमा पनि प्रतिस्पर्धीले गरेको मिहिनेतले आफूलाई भावुक बनाएको उनको अनुभव छ । उनी भन्छिन्–‘म  सुपर डान्सरका बाबु नानीहरुसँग धेरै पटक रोएकी छु । किनकी, मैले आई एम ट्वान्टी वानमा त्यही पात्र बाँचेको छु, जुन सुपर डान्सरका प्रतिस्पर्धीले बाँचेका थिए ।’

जसिताले आगामी दिनमा आफूले जति फिल्ममा काम गरेपनि ‘रुबी’ सधै आफ्नो मनमा बस्ने बताइन् । बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको फस्टलुक, टिजर र गीत सार्वजनिक भएको छ । ‘रुबी’ पात्रको अझै पनि भूमिका खुलिसकेको छैन । आगामी दिनमा यो पात्रको चरित्र खुल्दै जादा दर्शक झनै उत्साहित हुने जसिताको भनाई छ ।