दयाहाङ र प्रकृतिको ‘बिहे पास’ ट्रेलर सार्वजनीक

...

चैत, काठमाडौँ । नयाँ बर्षको बैशाख १ गतेबाटै प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बिहे पास’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनीक गरिएको चलचित्रको ट्रेलरमा दयाहाङ राई र प्रकृति श्रेष्ठ बिचको प्रेम रोचक ढंगबाट देखाइएको छ । चलचित्र प्रबेश पौडेलले निर्देशन गरेका हुन् ।

आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा दयाहाङ र प्रकृतिलाई प्रेमीप्रेमीका हुदै पतिपत्नी बनेकोसम्म देखाइएको छ । कमेडी,सेन्टिमेन्टस र सस्पेन्सले भरिभराउ लाग्ने ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । 

रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, िबशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको चलचित्रका गीतमा प्रबेश मल्लिकको संगीत, डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्र मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको चलचित्रको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् । 

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्र दर्शकलाई नयाँ बर्षको उपहार स्वरुप प्रदर्शन गर्न लागेको निर्माण पक्षले. जनाउदै आएको छ ।