एलिना चौहानको स्वरमा अभिको ‘करोडको खेल’ सार्वजनिक (भिडिओ)

...

चैत, काठमाडौँ । लोकप्रिय गीत ‘मछु आज रोडमा तिमी करोडमा’ बोलको गीतको दोस्रो भागको रुपमा ‘करोडको खेल’ बोलको गीत सार्वजनिक गरिएको छ । दुईदिन अघि ‘एएसआर डिजिटल’ युट्युवमार्फत सार्वजनिक गीतको भिडिओ १ लाख भन्दा बढी पटक हेरिएको छ । गीतमा आएका प्रतिक्रियामा अधिकांश सकारात्मक छन् । 

गीतमा अभि सुनारको शब्द रहेको छ भने बिशाल निरौलाको संगीत रहेको छ । गीतको भिडिओमा अभि सुनारसँगै चाहाना श्रेष्ठ, सदिक्षा पाण्डेय, अनिल थापा र गणेशराज भण्डारीको अभिनय रहेको छ । मुकेश हुमागाईंको टिमले खिचेको भिडियो राहुल बराईलीले निर्देशन गरेका हुन् । 

मोडल तथा गीतकार अभिले गीतले दुईदिनमै राम्रो प्रतिक्रिया पाइरहेको बताए । उनले दर्शकले बिभिन्न माध्यमबाट आफू र आफ्नो टिमलाई प्रतिक्रिया दिइरहेको र थप हौसला बढेको बताए । उनी भन्छन्, ‘हामीले मिहिनत त गरेका थियौं तर दर्शकाबाट कस्तो प्रतिक्रिया आउँछ भन्नेमा डर थियो । अहिले खुसी लागेको छ । सबैतिरबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका छौं ।’