गितारिस्ट तथा गायक सुनिलको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

...

चैत, काठमाडौँ । गितारिस्ट एवम् गायक सुनिल गुरुङले पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लिएर आएका छन् । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तकको लोकार्पण गरियो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गरे ।

सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुन् । उहाँले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोलेका थिए । यो ब्याण्डमा उहाँसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहेका थिए । यो ब्याण्डले थुप्रै गीत९संगीत बजारमा ल्याएको छ । ठमेलमा लाइभ म्युजिक गर्ने यो पहिलो ब्याण्ड थियो ।

यस ब्याण्डमा पछि वासु खड्का, सुनिल सिंह, प्रवीन श्रेष्ठ, सोनम श्रेष्ठ रहनुभयो भने अहिले सरोज शाहीले यसलाई अगाडि बढाइरहेका छन् । यसमा अहिले सरोजसँगै दिपक प्रधान, कुन्दन जोशी, शरण देउला र सौरभराज जोशी छन् । सुनिल यतिबेला बेलायतमा बस्दै आएका छन् ।