काभ्रेमा ‘नाङ्गो गाउँ’को छायांकन धमाधम

...

चैत, काठमाडौँ । यहि चैत १० गतेबाट चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन भइरहेको छ । दीपेन्द्र लामाले एक्सन कट गरिरहेको यो चलचित्र अहिले काभ्रेको बेथानचोक गाउँपालिकामा छायांकन धमाधम भइरहेको छ । छायांकन तालिका ३५ दिनको राखिएको छ । चलचित्रमा कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देललगायतको अभिनय रहेको छ ।

IMG_2404.jpeg

निर्माणपक्षले उपलब्ध गराएको तस्वीरमा दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ । यस्तै, नायक कार्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्टिक देखिएका छन् । यस्तै, चलचित्रकी मुख्य नायिका मिरुना मगरको भने दृश्य छायांकन नभैसकेको निर्देशक लामाले जानकारी दिए । मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भैरहेको यो चलचित्रलाई हिमाल शर्माले लगानी गरेका हुन् । चलचित्रमा आलोक शुक्लाको छायांकन छ ।

IMG_2357.jpeg

निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो बर्षको सुपरहिट चलचित्र हो । उनले ‘घामपानी, गोपि, छ माया छपक्कै’ लगायतका चलचित्र पनि निर्देशन गरिसकेका छन् । लामाको चलचित्रमा समाजमा देखिएको कुनै एक बिषयलाई प्रस्तुत गरिएको हुन्छ ।