‘क्लासिक’मा लुकेकी प्रियंका

...

फागुन, काठमाडौं । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टले फिल्म ‘क्लासिक’ प्रदर्शन हुनु अघि नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको निकै चर्चा चल्यो । तर फिल्ममा बिशेष भुमिकामा रहेकी नायिका प्रियंका कार्कीको भुमिकाको बारेमा समाचार बाहिर आएन । निर्माण पक्षले प्रियंकाको भुमिका सस्पेन्समा राखेको थियो । फिल्म पदर्शन भएको पाँच दिन पछि प्रियंकाको क्लासिकमा रहेको भुमिका खुलाएको छ । निर्माण युनिटले एक गित सार्वजनिक गर्दै प्रियंकाको भुमिका खुलाएको हो ।
classicगितमा नायिका प्रियंका कार्की र नायक आर्यन सिग्देलको लबस्टोरीलाई देखाईएको छ । फिल्ममा नायिका नम्रता श्रेष्ठ र नायक आर्यन सिग्देलको मुख्य भुमिका भएपछि नायिका प्रियंका कार्कीको बिशेष भुमिका रहेको छ ।

दिनेश राउतको निर्देशनमा बनेको यो फिल्मले प्रदर्शन भएको मितिबाट तिनदिन आक्रमक व्यापार गर्यो । साथै अझैपनि कतिपय फिल्महल हाउसफुल छन् । साथै, सोमबारदेखि वर्ड अफ माउथले पनि काम गरेको र दर्शकको फ्लो नघटेको निर्माताको दाबी छ ।

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ काठमाण्डौ बाहिरका हलमा दर्शकसाग खुशी साट्न जाने भएका छन् । वुधबारदेखि शनिबारसम्म आर्यन र नम्रता दमक, धरान, विर्तामोड, चितवन, वुटवल, पोखरा पुग्नेछन् ।