‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक

...

चैत, काठमाडौँ । चलचित्र ‘नाइँ नभन्नु ल ६’ आगामी बैशाख १ गतेबाट प्रदर्शन हुने तयारीमा छ । यसै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र बिछोडलाई देखाइएको छ । ड्रामा र एक्सन दृश्यले समेत भरिपूर्ण ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री शीर्ष भूमिकामा देखिएका छन् ।

विकास आचार्य निर्देशित चलचित्रमा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीसहित अन्य बाल कलाकारलाई पनि चित्रण गरिएको छ । चलचित्रको निर्माता विकास आचार्य र विष्णुमणि दाहाल हुन् ।