आजबाट ‘प्रेमा’ चलचित्र रिलिज, मल्टिप्लेक्समा कम शोज

...

चैत, काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमा’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । अरुण क्षेत्री, शुभेक्षा खड्का र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहेका यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । 
चलचित्रलाई हलहरुले दिएको शो हेर्दा निर्माता खुसी हुने ठाउँ छैन । मल्टिप्लेक्समा निकै कम शोज पाएको छ । क्युएफएक्स चेनले पहिलो दिनमा १० शोज पनि मुस्किलले दिएको छ । शनिबारका लागी क्युएफएक्स चेनले नेपालगन्ज र दमौलीलाई जोड्दा पनि जम्मा ६ शोज दिएको छ । सिंगल थिएटरमा पनि यो चलचित्रले खासै शोज पाउन सकेको छैन । 

बुधबार सम्पन्न प्रियिमरमा यो चलचित्रले तारिफ पाएको थियो । धेरैले प्राविधिक रुपमा चलचित्र बलियो भएको प्रतिक्रिया पनि दिएका थिए । यो अर्थमा आज शुक्रबार र भोली दर्शकको संख्या बढ्दै गयो भने ‘वर्ड अफ माउथ’ ले काम गर्न सक्ने देखिन्छ ।

sarita-dankuti-photo.jpg

बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको ‘प्रेमा’मा अरुण र शुभेक्क्षाका साथै सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियाको अभिनय छ । काठमाडौं, धनगढी र कर्णालीमा खिचिएको फिल्मका निर्देशक गोविन्द सिंह भण्डारी हुन् । कथा लेखन पनि भण्डारीकै हो ।

विवेक घिमिरे र निर्देशक भण्डारीले निर्माण गरेको ‘प्रेमा’का कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् । चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त स्वयं, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको मुख्य सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर, कृष्ण भण्डारीको सम्पादन र महेश पौडेलको डीओपी छ । फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा औसत शो पाएको छ ।

हलमा नेपाली चलचित्र  ‘छक्का पन्जा ४’ पनि छ । यस्तै अन्य ५ बिदेशी चलचित्र पनि नेपाली हलमा लागिरहेका छन् ।