‘शिरको नाम्लो’मा संचिता, धिरेन र सरोजको अभिनय

...

चैत, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका तीन लोकप्रिय कलाकार सरोज खनाल, धिरेन शाक्य र संचिता लुँइटेलको अभिनयमा रहेको गीत ‘शिरको नाम्लो’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा अमेरिकामा रहदै आएकी गायिका रानी शाक्यसँगै गायकद्धय सिडी विजयी अधिकारी र प्रताप दासको स्वर छ । यस्तै गीतमा राजेश शाक्यको शब्द रहेको छ ।

saroj dhiren and sanchita.jpg

भिडियोमा संचिताका लागि सरोज र धिरेनको झगडा परेको देखाइएको छ । संचिताले व्यवस्था गर्दा पनि धिरेन र सरोज उनको पछि पछि लागेको रमाइलो दृश्य भिडियोमा हेर्न सकिन्छ ।

भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाइको छायांकन, माधब बेलबासेको सम्पादन छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको भिडियो रमाइलो छ । धिरेन र सरोज जस्ता चर्चित कलाकारको साथमा संचिताको नोकझोक र माया प्रेमको दृश्यले भिडियोलाई रोचक बनाएको छ ।