‘तूइन् पारी’ बोलको गीत सार्वजनिक

...

चैत, काठमाडौँ । हरि हुमागाँइको निर्देशनमा राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजक छ । हुमागाँइले भिडियोमा एउटा सिंगो कथा बुनेका छन् ।

सार्वजनिक गीतको अडियो र भिडियोलाई लिएर दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । भिडियोमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईंलाई हेर्न सकिन्छ । नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश र्फकिने एक युवाको भूमिका निर्वाह गरेका छन् ।

जसको कथा तथा पटकथा नाजिर हुसेनले नै लेखेका हुन् । भिडियोले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाहा्रो परेको खबर पाएर गाँउ फर्केर घर आइपुग्न साथ आफ्नी जीवनसंगीनीले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रुपमा देखाएको छ । 

सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँसँग मिलेर नाजिर हुसेनले पनि निर्देशन गरेका हुन् । भिडियोमा डिओपी तथा सम्पादन निर्देशक हुमागाँइकै रहेको छ भने उत्तम हुमागाँईको छायांकन रहेको छ । यस्तै, भिडियोमा प्रविन मानन्धरको वीएफएक्स र कलरिङ छ ।