केहि समयका लागी समिक्षासँग गीत गाउन ब्रेक लिएको हुँः नरेश

...

चैत, काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका लोकप्रिय गायक हुन् नरेश खाती । उनले दशक अघिदेखी गीत लेख्ने र संगीत भर्ने गर्छन् । पछिल्लो केहिबर्ष यता उनी गायनमा पनि सक्रिए छन् । नेपालमा कोरोनाको समयमा भएको लकडाउनको बेला ‘माया मारेर’ बोलको गीत आफैले गाएर सार्वजनिक गरेपछि उनी गायनमा पनि सफल भएका थिए । 

सोहि गीतमा उनले गायिका समिक्षा अधिकारीसँग स्वर भरेका थिए । उक्त गीतले नरेश र समिक्षा दुबैलाई धेरै चर्चामा ल्यायो । त्यसपछि यि दुबैजनाले धेरै गीतमा सहकार्य गरेका छन् । तर पछिल्लो समय आफ्ना ब्यक्तिगत कुराहरुका कारण समिक्षा अधिकारी बिवादित बनेपछि सामाजिक सञ्जालमा बिभिन्न गालीगलौज आइरहेको छ । गायक नरेशले पनि पछिल्लो समय समिक्षासँग गीत गाउँदा दर्शकले नकारात्मक प्रतिक्रिया दिन थालेकाले केहिसमय आफूले समिक्षासँग गीत गाउन रोकेको जानकारी गराए । उनले अहिलेको अवस्था हेरेर केहिसमय समिक्षासँग गीत नगाउने निर्णय गरेको बताउँछन् । 

naresh-khati-and-mamata-gurung.jpg

अहिले केहि महिनाका लागी भन्दै गायिका समिक्षा अधिकारी अस्ट्रेलियामा छिन् । कतिपयले बस्नेगरी नै अस्ट्रेलिया उडेकी हुन् भन्ने आँकलन पनि गरेका छन् । यसैबिच यता नरेशले नयाँ गीत सार्वजनिक गरेका छन् । गायिकामा ममता गुरुङको स्वर राख्दै ‘तिम्रै हुन पाम’ बोलको गीत सार्वजनकि गरेका छन् । 

यसैबिशेष अन्तर्वार्ता आर्टिष्ट खबरले गरेको छ । भिडिओ हेर्नसक्नुहुनेछ ।