सुटिङ सुरु नहुँदै बिक्री भयो ‘हात्तीछाप’को ओभरसिज राइट्स

...

चैत, काठमाडौँ । नेपाली चलचित्र ‘हात्तीछाप’को सुटिङ सुरु नहुँदै ओभरसिज राइट्स बिक्री भएको छ । किरण नेपालीको निर्माणमा तयार हुन लागेको यो चलचित्र आगामी वैशाखबाट सुरु हुने तयारीमा छ । चलचत्रिका निर्देशक सिमोस सुनुवारका अनुसार बैशाखमा औपचारिका रुपमा चलचित्रको सुटिङ सुरु हुनेछ ।

यसैबिच, यो फिल्मको कुनै पनि दृश्यको छायांकन नै नभई यसको ओभरसिज राइट्स विक्री हुन थालेको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो फिल्मको मिडिल इष्ट देशहरुको अधिकार विक्री भएको छ । नेप फिल्मले यो फिल्मको सम्पूर्ण अधिकार खरिद गरेको हो । नेप फिल्मका प्रमुख रमेश ढकालले मिडिल इष्ट देशमा फिल्मको प्रदर्शन अधिकार राम्रो रकममा खरिद गरेका हुन् ।

चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् । नायक दयाहाङ राइले फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सकेपछि यो फिल्मको छायांकन सुरु गर्नेछन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कविता आले लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

निर्माता किरण नेपालीले चलचित्रको छायांकन नै सुरु नहुँदै विश्वभरबाट माग उच्च भएको बताएका छन् । यसैले, छायांकन अगाडि नै चलचित्रको ओभरसिज अधिकार विक्री गरिसक्ने योजना आफ्नो रहेको उनको भनाई छ ।