निर्देशक राजु केसी चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

...

चैत, काठमाडौँ । निर्देशक तथा अभिनेता राजु केसी चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् । निर्देशक केसीले सोमबार मन्त्रालयमा पुगेर नियुक्तपत्र बुझेका हुन् । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीस्तरीय निर्णयबाट सदस्यमा नियुक्त गरेकी हुन् ।

गत साता निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए । बोर्ड सदस्यको कार्यकाल दुई वर्षको हुन्छ । बोर्डको अध्यक्षमा भुवन केसी कार्यरत छन् ।