पुष्पन र रचनाको स्वरमा बाबुल गिरीको ‘के भनौं र खैं’

...

चैत, काठमाडौँ । नयाँ गीत  ‘के भनौं र खैं’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक पुष्पन प्रधान र गायिका रचना रिमालको स्वर छ । साथै बाबुल गिरीको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । 

भिडियोमा माइकलले २ जोडीको प्रेमकथा प्रस्तुत गरेका छन् । नरेन्द्र शाहको निर्माणमा तयार भएको यो म्यूजिक भिडियोमा उषा उप्रेती, रमेश विश्वकर्मा, विना राउत र सरोज राजा प्रजाको अभिनय छ ।

झगडा गरेका उषा र रमेशको जोडीले विना र सरोजको जोडीको भिडियो हेरेपछि मिलेको कथालाई निर्देशक चन्दले डान्सिङ नम्बरसहित प्रस्तुत गरेका छन् । उत्सव  दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।