‘प्रेमगन्ज’ले ओटीटी रिलिज गर्ने

...

चैत, काठमाडौँ । नेपाली चलचित्र  ‘प्रेमगन्ज’ले ओटीटी रिलिज गर्ने भएको छ । हल रिलिज भइसकेको यो चलचित्र आगामी नयाँ बर्षको बैशाख १ गतेबाट ओटीटी हेर्न पाइने भएको हो । पूर्वसन्ध्यामा ‘फेरी भेट होला नहोला’ बोलको गीत रिलिज गर्दै निर्माण टिमले हलमा छुटेका दर्शकलाई लक्षित गरी चलचित्र सार्वजनिक गर्न लागेको जानकारी गराएको हो ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्रमा तेज गिरी र बेनिशा हमालको अभिनय रहेको छ । दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने चलचित्रमा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन्।

चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन् । फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको थियो ।