अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर

...

चैत, काठमाडौँ । मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । शुक्रबार एक कार्यक्रमका बिच राइटपाथ करियर काउन्सिलिङ र अस्मि बिच समझदारी पत्रमा हस्ताक्षर गरियो । यस अघिकी ब्राण्ड एम्बेस्डर पुजा शर्माको कार्यकाल सकिए सँगै संस्थाले अस्मिलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्राएको हो ।

सम्झौता कार्यक्रममा स्वागत मन्तव्य राख्दै राइटपाथका कर्पोरेट म्यानेजर प्रवेश जीशीले उपस्थित सबैलाई धन्यवाद दिए। सन् २०१६ देखि निरन्तर गुणस्तरीय परामर्शको सारथि बन्दै आएको भन्दै उनले अस्मि श्रेष्ठ जस्तो व्यक्तित्वलाई सद्भावना दूत बनाउन पाउँदा गौरवको महसुस भएको बताए । जिसीले राइटपाथको आगामी यात्रा उनी सँगको सहकार्यका कारण अझै सफल हुने विश्वास व्यक्त गरे ।

right-path-ashmi-shrestha.jpg

ब्रान्ड एम्बेस्डर बनेपछि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मिस नेपाल अस्मि श्रेष्ठले राइटपाथले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिइन् । आफू मिस नेपाल बनिसकेपछि फेसन मोडलका रूपमा कार्यरत रहेको र इन्टेरियर डिजाइनर समेत भएको बताएकी उनले आफू पनि सहिमार्ग (राइटपाथ) मा हिँड्न खोजेको बेला संस्था सँग जोडिएको भनाई राखिन् । कुनै ब्राण्ड सँग जोडिनु अघि आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने गरेको र राइटपाथले नैतिकता सहितको व्यवसाय गरिरहेको पाएकाले मात्रै आबद्ध भएको उल्लेख गरिन् । गुणस्तरीय परामर्श दिने कामलाई अझै अगाडी लाने र यो सहकार्यले थुप्रै माइलको यात्रा तय गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

पुतलीसडक काठमाडौँमा प्रधान कार्यालय रहेको राइटपाथ करियर काउन्सिलिङको ९ वटा शाखा कार्यालय रहेका छन् ।