चौँथो ज्योती फिल्मस् म्युजिक अवार्ड सम्पन्न

...

चैत, काठमाडौँ । ज्योती फिल्मस् म्युजिक अवार्डको चौथौ संस्करण सम्पन्न भएको छ । गएको शुक्रबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा एक समारोहका बिच कलाकर्मिहरुलाई अवार्ड प्रदान गरियो ।
महिला नौमती बाजाद्धारा उद्घाटन गरिएको कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन पाठकको प्रमुख आतिथ्यता रहेको थियो । आयोजक रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठका अनुसार अवार्ड भब्य तरिकाले सम्पन्न गरियो । उनी भन्छन्, ‘गएका बर्षहरु जस्तै यसबर्षको संस्करणमा पनि अवार्ड भब्य तरिकाले सम्पन्न गरियो । यो क्रममा साथ दिनुहुने सम्पन्न कलाकार, प्राविधिक देखी आयोजक समितिका सम्पुर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

jyoti-films-music-award-2079 (1).jpg

कार्यक्रममा उपस्थित बागमती प्रदेश सभा सदस्य अमन मास्के, चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, वरिष्ठ गायिका देविका बन्दना, अभिनेता रमेश उप्रेती लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । चौँथो ज्योती फिल्मस् म्युजिक अवार्डका लागी यश कुमार, मञ्जिता के.सी., हुम गैरे, जय लक्ष्मी छन्त्याल पुन, ओम सुनार, रामकुमार के.सी. र ज्ञानेन्द्र शाहि निर्णायकको भूमिकामा थिए ।
समारोहमा वरिष्ठ कलाकार मुरलीधरलाई दिर्घ साधना सम्मान प्राद नगरियो । यस्तै कलाकार धुर्वराज खड्का, गौरी मल्ल, नवराज घोरासैनी, आनन्द कार्की, उत्तम के.सी., सुनिल मास्केहरुलाई बिशेष सम्मान प्रदान गरियो ।

यस्तै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तर सम्म पुर्याएको भन्दै ‘प्रेमगीत ३’ टिमको तर्फबाट कलाकार, निर्देशक तथा निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङलाई सम्मान गरियो । कार्यक्रममा अभिनेता खड्का भने अनुपस्थित थिए । 

jyoti-films-music-award-2079 (4).jpg

यस्तै राष्ट्रिय चलचित्र तथा संगीत पत्रकारीता पुरस्कारबाट डब्बु क्षेत्री सम्मानित भए । यस्तै संचारकर्मी सम्मानबाट शरण हुमागाँई, कला सम्मानबाट तीर अमन श्रेष्ठ, अनिता लामा, दुर्गेश थापा, अश्विनी कान्त झा, बिजय कायस्था, बिजेन्द्र नौबागे, धिरज खत्री अधिकारी, हनुमान यस्माली (सुदिप), जुरी ठाकुर, माधब भण्डारी, मञ्जु कुमारी थापा (लावती), नमराज ढुंगाना, राजेन्द्र अर्याल, रामकुमार नेपाली, सुस्मिता स्याङ्गतान र राजेश बर्देवा सम्मानीत भए । यस्तै सामाजसेवी भोजबहादुर खत्री, शान्त महर्जन, मुरली धिमाल र नोमा थापााई पनि सम्मान गरिएको थियो । 

jyoti-films-music-award-2079 (5).jpg

यस्तै अवार्ड समारोहमा सर्बोत्कृष्ट राष्ट्रिय भाव गीतमा सिन्धु पौडेललाई सम्मान गरियो । यस्तै सर्बोत्कृष्ट बाल गायिकामा उपमा थपलिया, सर्बोत्कृष्ट भिडियो छायाँकारमा अनिल कट्वाल, सर्बोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशकमा बबिता श्रेष्ठ, सर्बोत्कृष्ट काठे भाका नव गायकमा बिदुर खड्का, सर्बोत्कृष्ट गीतबाट बिमल अधिकारी, सर्बोत्कृष्ट काठे गीत संगी संयोजकमा बिष्णु तामाङ्ग, सर्बोत्कृष्ट लोकदोहोरी शब्दमा जि.एस. थापा, सर्बोत्कृष्ट भिडियो सम्पादकमा मिन रावल, सबोृत्कृष्ट तामाङ्ग सेलो गायकमा निमा पाख्रिन लामा, सर्बोत्कृष्ट तमाङ्ग सेलो गायिकामा फुलमाया तामाङ्ग, सर्बोत्कृष्ट पप गीत संगीत संयोजकमा सुरथ प्रधान, सर्बोत्कृष्ट चाडपर्व गीत गायिकामा आशा लामा(ज्ञानमाला)ले अवार्ड हात पारे । 

jyoti-films-music-award-2079 (3).jpg

यस्तै सर्बोत्कृष्ट लोकदोहोरी नव मोडल पुरुषतर्फ आर्यन राउत, सर्बोत्कृष्ट काठे गीत मोडल पुरुषतर्फ भुवन चौलागाँई, सर्बोत्कृष्ट आधुनिक तथा लोकपप नव गायकतर्फ डा.सुदिप भट्टराई, सर्बोत्कृष्ट चाडपर्व गीत गायकमा हेमराज डांगी, सर्बोत्कृष्ट लोकदोहोरी लयमा किरण गौतम, सर्बोत्कृष्ट लोकपप गीतकारमा पुष्पा खनाल, सर्बोत्कृष्ट नव मोडल महिलातर्फ रचना गौतम, सर्बोत्कृष्ट आधुनिक गीतकारमा राजेश अर्याल, सर्बोत्कृष्ट आधुनिक गीत मोडलमा अबि सुनार, सर्बोत्कृष्ट मोडल महिलातर्फ बिना राउत, सर्बोत्कृष्ट पप गीत गायकमा दिपेश श्रेष्ठ बैध, सर्बोत्कृष्ट लोकदोहोरी गायकमा जे.बि. ओली, सर्बोत्कृष्ट आधुनिक गायिकामा जुनु रिजाल काफ्ले, सर्बोत्कृष्ट आधुनिक गीत गायकमा नबिन राना, सर्बोत्कृष्ट लोकदोरी गीत मोडल पुरुषतर्फ शंकर श्रेत्री, सर्बोत्कृष्ट नृत्य निर्देशकमा शिव बि.क., सर्बोत्कृष्ट काठे भाका गायकमा अशिम कुमार कटुवाल, सर्बोत्कृष्ट आधुनिक तथा लोकपप भिडियो निर्देशकमा दिनेश ठकुल्ला, सर्बोत्कृष्ट लोकदोहोरी नव गायिकामा काजल जोशी, सर्बोत्कृष्ट काठे गीत नव गायिकामा माया लामा, सर्बोत्कृष्ट आधुनिक गीत संगीतकारमा निर प्रसाद गुरुङ्गलाई अवार्ड प्रदान गरियो । 

jyoti-films-music-award-2079 (2).jpg

यस्तै सर्बोत्कृष्ट लोकदोहोरी नव गायकमा रमन रायमाझि, सर्बोत्कृष्ट काठे गीत गायिकामा शारदा रसाईली, सर्बोत्कृष्ट लोकदोहोरी गायिकामा शान्तीश्री परियार, सर्बोत्कृष्ट काठे गीत गायिका (जुरी अवार्ड)मा अर्चना स्याङ्गतान, सर्बोत्कृष्ट गायक (¥यापर)मा भरत समरी, सर्बोत्कृष्ट आधुनिक गीत गायक(डायस्पोरा)मा गंगाराम खरेल (पारदर्शी), सर्बोत्कृष्ट भिडियो छायाँकार (जुरी अवार्ड)मा नरेश ऐर, सर्बोत्कृष्ट आधुनिक गीत संगीतकार (जुरी अवार्ड)मा प्रकाश पुरी, सर्बोत्कृष्ट देउडा गीत बाल गायिकामा प्राप्ति भट्ट, बर्षकै सर्बोत्कृष्ट गायकमा प्रताप दास, सर्बोत्कृष्ट मोडल(पपुलर अवार्ड)मा सागर लम्साल बले, सर्बोत्कृष्ट लोक गीत नृत्य निर्देशकमा सम्भु शाहि, सर्बोत्कृष्ट बहुप्रतिभा अवार्डमा शंखर बि.सी., बर्षकै सर्बोत्कृष्ट लोकदोहोरी नव मोडल पुरुषमा शरद एल.जी., सर्बोत्कृष्ट गीतकार(जुरी अवार्ड)मा शशि शेखर बुढाथोकी, सर्बोत्कृष्ट काठे भाका मोडल (पब्लिक च्वाईस अवार्ड)मा शिशिर बुढाथोकी, सर्बोत्कृष्ट काठे गीत नव गायक (प्रोत्साहन अवार्ड)मा सुन्दर सुनामलाई प्रदान गरियो ।