फुटबल उपाधी जितेर फर्किएका नवयुग र विकेशलाई फतौरी बुढीको यस्तो आशिर्वाद (भिडियो)

...

फागुन, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) फुटबल उपाधी जितेर स्वदेश फर्किएका खेलाडीलाई हाँस्य कलाकार कुञ्जना घिमीरे (फतौरी बुढी)ले आर्शिवाद दिएकी छिन् । गोलकीपर विकेश कुथु र नवयुग श्रेष्ठसँग भेट गरेर उनले देशलाई कहिल्यै घात नगर्नु भन्दै आर्शिवाद दिएकी हुन् ।
fatauri budiखेलमा जित हाँसील गर्दा ३ करोड नेपालीको मन खुशिले गद्गद् भएको प्रतिक्रिया दिएकी छिन् । एकैसाथ देश हँसाउने सार्मथ्य बोकेका खेलाडीलाई देशले पनि उच्च सम्मान गर्नु पर्नेमा उनको जोड छ । खेलाडीहरुले खेल खेले जस्तै सबै एक भएमा नेपालीलाई कसैले पनि पछि पार्न नसक्ने उनको भनाई छ । रमाइलो भलाकुसारीका क्रममा विकेश र नवयुगले साग प्रतियोगिता नाकाबन्दीको रिस फेर्ने गतिलो अवसर सावीत भएको बताएका छन् ।

खेल जितेर स्वदेश फर्किदा पाएको स्वागत र खुशिले मेडल सिरानी हालेर नै निदाएको विकेशले बताएका छन् । यसको साथमा उनीहरुले आफ्नो व्यक्तिगत कुराहरु पनि फतौरी बुढीसँग साटासाट गरेका छन् । हेर्नुहोस भिडियो ।