लिजा र दिपकको ‘रातो भाले’ सार्वजनिक

...

चैत, काठमाडौँ । लिजा लामा र दिपक रमणको स्वर रहेको नयाँ गीत ‘रातो भाले’ सार्वजनिक गरिएको छ । गीतको अफिसियल म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गीतको भिडियो नयाँ बर्ष २०८० सालको पूर्वसन्ध्या पारेर रिलिज गरिएको हो । 

राजु लामाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा बिना राउत, सरोज राना, आभा मगर, सुरविर पण्डित र रामचन्द्र अधिकारीले अभिनय गरेका छन् । आरएल डिजिटलको ब्यानरमा निर्माण भएको भिडियो र अडियो राम्रो बनेको छ । 

म्युजिक भिडियोमा गणेश सुवेदीको शब्द रचना तथा गायक रमणको संगीत रहेको छ । सार्वजनिक गीतमा युवराज राईको छायांकन, डिएलएक्स विश्वकर्माको कोरियोग्राफी, राजेन्द्र मोक्तनको कलर करेक्सन र नहकुल खड्काको सम्पादन छ ।