यसै बर्ष बिवाह गर्दै पूजा शर्मा

...

बैशाख, काठमाडौँ । नायिका पूजा शर्माले आफू यो बर्ष बैबाहिक जीवनमा बाँधिने बताएकी छिन् । नयाँ बर्षको अवसरमा काठमाडौंको काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको बार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले यस्तो बताएकी हुन् ।

पूजाले यो बर्ष आफूले केही कुराहरु सोचेको र त्यसलाई पुरा गर्न तल्लिन रहने बताइन् । पूजा र उनका प्रेमी युद्ध बानियाँले ललितपुरको झम्सिखेलमा रेष्टुरेन्ट संचालन गर्दैैछन् । यही महिनाको अन्तिममा रेष्टुरेन्ट तथा होटल उद्घाटन गर्ने पूजाको तयारी छ ।

puja sharma (2).jpg

पूजाले भनिन्–‘यो बर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय समेत लिदैछु । यो बर्ष बैबाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।’ पूजाले अब कुनै पनि कुरामा सोचेर मात्र बोल्ने बताइन् । आफूले स्पष्ट रुपमा कुनै पनि बिषयमा कुरा राख्दा विवादमा बढी परेको भन्दै उनले कम बोल्ने बताएकी हुन् ।

फेसियल हाउसकी संचालिक सुष्मा महराले नेपाली कला संकृति झल्काउने उद्देश्यले क्यालेन्डर निर्माण गरेको बताइन् । सार्वजनिक क्यालेन्डरमा बर्षभरीका पर्व अनुसारको फोटो समावेश गरिएको छ ।

सुष्माले व्यवसायिकहरु पलायन हुनुपर्ने अवस्था आएको भन्दै आफूहरु भने राम्रो दिनको प्रतिक्षामा निरन्तर काम गरिरहेको सुनाइन् ।