‘जारी’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया, हलमा हाउसफुल

...

बैशाख, काठमाडौँ । आज (शुक्रबार)प्रदर्शनमा आएको नेपाली चलचित्र जारीले हलमा हाउसफुलका साथ ब्यापार गरिरहेको छ । नयाँबर्षको अवसरमा प्रदर्शन भएको यो चलचित्रको बिहीबार साँझ काठमाडौंमा प्रिमियर गरिएको थियो । चलचित्रले प्रिमियरबाट पनि राम्रो प्रतिक्रिया पाएको थियो । प्रिमियर शोमा चलचित्रकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति थियो ।

कवि तथा राजनितिज्ञ पनि उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ हेर्न हल पुगेका थिए । चलचित्र हेरेर हलबाट निस्कँदै गर्दा सवैले ‘जारी’ उत्कृष्ट मौलिक नेपाली चलचित्र बनेको भन्दा प्रसंशाको ओइरो लगाएका थिए । चलचित्र अग्रीम टिकट बुकिङ पनि उच्च रहेकाले बम्पर ओपनिङ गर्ने निश्चित भैसकेको थियो ।

बैशाख १ गतेबाट प्रदर्शनमा आएकको चलचित्रको प्रिमियर हेर्न निर्देशक निश्चल बस्नेत, निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, निर्माता सरोज न्यौपाने, लेखक प्रदीप भारद्धाज, अभिनेता अरुण क्षेत्री, राजन खतिवडा, अनुप बराल, अभिनेत्री ऋचा शर्मा, सिर्जना लिम्बु, वर्षा सिवाकोटी, बेनिशा हमाल, अञ्जना बराईली, कवि नवराज वाग्ले, विप्लप प्रतिक लगायत हल पुगेका थिए ।

चलचित्रले प्रिमियर शोमा ‘जारी’ले उत्कृष्ट प्रतिक्रिया पाएपछि डेव्यु निर्देशक उपेन्द्र सुब्बा, अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, विजय बराल, कमलमणी नेपाल, परिक्षा लिम्बु हर्षित देखिन्थे । चलचित्र छायांकनको करिब ३ बर्ष ५ महिनापछि चलचित्र रिलिज हुँदा निकै खुशी लागेको अभिनेता राईले बताए ।

यस्तै, अभिनेत्री मिरुना मगरले आफुले ‘कबड्डी ४’ भन्दा पहिले अभिनय गरेको चलचित्र जारी भएकाले पनि आफ्नो लागि यो चलचित्र बिशेष रहेको बताइन् । निर्देशक सुब्बाले चलचित्र लेख्न भन्दा निर्देशन गर्न निकै गाह्रो रहेको अनुभव सेयर गर्दै केही दिन यता जारी के होला ? दर्शकलाई मन पर्लाकी नपर्ला ? भन्ने पिरले सुत्न नसकेको बताए ।

जारी प्रथामा आधारित रहेको चलचित्रमा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । चलचित्रमा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको चलचित्रमा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह निर्माताको रुपमा रहेका छन् ।