भुवन र प्रदीपको सम्बन्ध सुध्रिएको हो ?

...

बैशाख, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा बिभिन्न बिवाद, रिसराग भइरहन्छ । तपाईलाई थाहै होला, प्रेमगीत ३ चलचित्रको प्रदर्शन अघिको समयमा चलचित्र बिकाश बोर्डका अध्यक्ष अभिनेता भूवन केसी र प्रेमगीत ३ का अभिनेता प्रदीप खड्का बिच आरोप प्रत्योरोप चलेको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेको अभिनेता भूवन केसीसँग प्रदीपले राजीनामा मागेका थिए । विवादकै कारण ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालीकै मितिमा प्रदर्शन सकेन । सामाजिक सञ्जालदेखि कार्यक्रममा समेत ‘प्रेमगीत ३’ र अध्यक्ष केसीबीच वाकयुद्ध चल्यो । यो विवादमा उद्योग नै दुई ध्रुवमा विभाजित जस्तो देखिन्थ्यो । तर अहिले यी दुईको अंकमालले साम्य भएजस्तो र दुईबिच केहि नभए जस्तो देखिन्छ । 

विवादको ६ महिनापछि अहिले आएर अध्यक्ष केसी र अभिनेता खड्काबीचको यो दृश्य देख्न पाइएको हो । गएको बुधबार काठमाडौंमा आयोजित ग्यालेक्सी एक्सिलेन्सी अवार्ड समारोहमा यी दुईले स्टेज सेयर गरेका हुन् । भुवन प्रमुख अतिथिको रुपमा उपस्थित थिए । प्रदीप सम्मान थाप्न मञ्चमा पुगे । प्रदीपलाई टोपी लगाइदिएर बधाई दिने काम भुवनले गरे ।

स्टेजमा उक्लिएका प्रदीपले भुवनलाई नमस्कार गरे । हाँस्दै अघि बढेका प्रदीपले भुवनसँग हात मिलाए । अनि दुवैले अंगालो हाले । यतिबेला हल तालीले गुञ्जायमान भयो । दुवैले न्यानोपन भएको देखाउन खोजे पनि असहज भएको स्पष्ट देखिन्थ्यो । यी दुईले एकअर्कालाई नरुचाउने चर्चाबीच भएको यो अंगालोले कतै हार्दिक सम्बन्ध पुनः स्थापना गर्न लागेको हो भन्ने अनुमान मात्र गर्न सकिन्छ ।

तर आयोजकको निमन्त्रणालाई स्विकार गर्दै कार्यक्रमसम्म पुगेको र झुक्किएर दुईजना स्टेजमा एकै समयमा पुगेपछि जबरजस्त मुस्कुराउनु परेको पनि हुन सक्छ । जे होस्, अवार्ड आयोजकले यि दुईलाई एकै स्टेजमा उभ्याउन सफल भए । हामी पनि चाहान्छौं, अभिनेता केसी र खड्काको सम्बन्धमा सुधार होस् ।