‘जारी’को दोस्रो गीत सार्वजनिक

...

बैशाख, काठमाडौँ । अहिले प्रदर्शन भइरहेको चलचित्र ‘जारी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मिरुना मगरको मुख्य भूमिका रहेको यो चलचित्रमा समावेश ‘रीत’ बोलको गीत सोमबार इन्टरनेटमा सार्वजनिक गरिएको हो । 
गीतमा मनोज थापामगरको संगीत तथा हर्क साउँदको शब्द रचना र संगीतकार थापामगर र सुनिता थेगिमको स्वर रहेको छ । बक्सअफिस बम्पर व्यापार गरिरहेको चलचित्र सार्वजनिक गीतमा दयाहाङ र मिरुनालाई फिचर्ड गरिएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हेर्न हलमा दर्शकको अहिले पनि उस्तै चाप छ । जारी प्रथामा आधारित रहेको चलचित्रमा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ ।

ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । चलचित्रमा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको चलचित्रमा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह निर्माताको रुपमा रहेका छन् ।