प्रकाशको ‘सकम्बरी’ले युटयुवमा राख्यो नयाँ रेकर्ड, ७ दिनमै करोड भ्युज

...

बैशाख, काठमाडौँ । प्रकाश सपूतको ‘सकम्बरी’ गीतले नेपालको युट्युवमा नयाँ रेकर्ड राखेको छ । गीतले सार्वजनिक भएको सात दिनमै करोड भ्युज पाएर नयाँ रेकर्ड राखेको हो । भिडियो यहि १३ अप्रिलमा युट्युवमा अपलोड गरिएको थियो । 

योसँगै ‘सकम्बरी’ गीत नेपालमा सबैभन्दा छिटो करोड भ्युजको आँकडा पूरा गर्ने पहिलो युट्युब सामग्री बनेको छ । बिहीबार दिउँसो ३ः२१ बजे यो गीतले एक करोड भ्युज पार गरेको हो । यसअघि प्रकाश सपूतकै पिर गीतले आठ दिनमा करोड भ्युज पाएको थियो । 

अहिलेको ‘सकम्बरी’ गीत प्रकाश सपूतले आफ्नै युट्युव च्यानलमा अपलोड गरेका छन् । गीतका शब्द र दृश्यलाई लिएर ‘सकम्बरी’ विवादित पनि पुछिएको छ । यसमा एक सामान्य युवती आफ्नो बाध्यता र महत्त्वाकांक्षाका कारण कसरी गलत बाटोमा जान पुग्छिन् भन्ने विषयको चित्रण गर्न खोजिएको छ ।

त्यसअघि विष्णु माझीको ‘चरी जेलैमा’ बोलको गीतले सार्वजनिक भएको १२ दिनमा एक करोड भ्युज पार गरेको थियो ।

भिडियो हटाउन आग्रह

रात्रीकालिन ब्यावसायीहरुले यो गीतको बिरोध गरिरहेका छन् । बिशेषगरी रात्रीकालिन ब्यावसायमा काम गर्ने महिलाहरुलाई गलत गरिकाले देखाइएको भन्दै गीत युटयुवबाट हटाउन पनि माग गरिएको छ । तर यतिबेला प्रकाश सपूत अमेरिकाका बिभिन्न कार्यक्रममा ब्यस्त छन् । गीतको बिषयमा उनले कुनैपनि प्रतिक्रिया दिएका छैनन् । 
 
यसअघिको पिर गीतपनि निकै विवादमा तानिएको थियो । माओवादी बृतमा उक्त गीतले हलचल नै ल्याएको थियो । प्रकाश सपूतले युटयुवमा १ करोड पुगेपछि ८ दिनपछि मात्रै उक्त भिडियो हटाएर पुनः सम्पादन गरेको अपलोड गरेका थिए । 
  
के प्रकाश सपूतले सकम्बरीलाई पनि त्यहि सोचेका छन् त ? के भिडियो हटाएर सम्पादन गरेको फेरी अपलोड गर्लान् ? अहिलेको सकम्बरी गीतका लागी पिर गीत जस्तो भने छैन।  पिर गीतमा पुरा भिडियो भित्रको एक सानो दृश्यको बिरोध गरिएको थियो । तर सकम्बरीमा पुरा भिडियोकै बिरोध भइरहेको छ । त्यसैले प्रकाशले भिडियो हटाए भने फेरी पुरै गीतको भिडियो नयाँ बनाउनुपर्ने छ । साथै यसपटकको विवाद त्यति धेरै चर्को रुपमा पनि भइरहेको छैन । त्यसैले प्रकाशले सकम्बरी गीत हटाउने सम्भावना कम देखिन्छ  ।