अस्मितालाई महिला अभिनेत्री अवार्ड

...

बैशाख, काठमाडौँ । ‘तेस्रो हिमालयन अन्तर्रास्ट्रिय अवार्ड २०२३’ मा मोडल अस्मिता सुनार जुरेलीले ‘सिहदरबार (रेलको बाटो २)’ गीतबाट अवार्ड पाएकी छिन् । उनले काठमाडौंमा शनिबार सम्पन्न उक्त अवार्ड समारोहमा  ‘महिला अभिनेत्री’ तर्फको अवार्ड हात पारेकी हुन् । उनलाई नेपाली पहिलो रंगीन फिल्म ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले अवार्ड प्रदान गरेकी थिइन् ।

सुरज पण्डितको शब्द, संगीत र स्वर रहेको यो गीतमा अस्मिता र सुरजले नै अभिनय गरेका छन् । लक्ष्मण सुनार निर्देशित भिडियोमा कुलदीप अधिकारी अतिथी भूमिकामा छन् । भिडियोमा निशल पौडेलको छायांकन, मिलन विश्वकर्माको कलर, पदम सुवेदीको सम्पादन छ ।
अस्मिता लोकप्रिय गायिका र रेस्लर पनि हुन् ।