नायिका वर्षा राउत लेख्छिन्, ‘मानसिक शान्ती रोज्दैछु, संझौता धेरै भयो’

...

बैशाख, काठमाडौँ । वर्षा राउत आफूले काम गरेको चलचित्र भन्दा ब्यक्तिगत कुराहरुका कारण चर्चामा आइरहन्छिन् । दर्शकले उनले काम गरेका चलचित्रका नाम झ्याप्पै लिन सक्दैनन् तर उनको श्रीमानको नाम, उनको बिहेको मिति, उनले अन्तर्वार्तामा बोलेका सम्वाद दर्शकले सहजै रुपमा लिइरहेका हुन्छन् ।

पछिल्लो समय खासै मिडियामा नदेखिएकी बर्षाले लेखेको आजको एक स्टाटसले थुप्रै दर्शकको ध्यान तानेको छ । आखिर किन यस्तो लेखेकी होलिन्, वर्षालाई के समस्या पर्यो होला ? दर्शकको मनमा अहिले यस्ता जिज्ञाशा आइरहेका छन् । 

चलचित्र ‘के घर के डेरा’ रिलिजको समयमा उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा दिएको बयानले चर्चा पाएको थियो । गत वर्ष अभिनेता समेत रहेका श्रीमान् सञ्जोग कोइरालासँगको मनमुटावको कुरा उनी आफैंले सार्वजनिक गरेकी थिइन् । त्यतिबेला सम्बन्ध विच्छेदको सोच आएको टिप्पणी पनि वर्षाले गरेकी थिइन् ।उनले समाजको लागि भए पनि आफूहरु मिलेर बस्नुपर्छ भन्ने सुझाव आफूले पाएको बताएकी थिइन् । त्यसको केही महिनापछि अभिनेता सलोन बस्नेतको रिसेप्सन पार्टीमा एकसाथ देखिएपछि यी दुईबीचको मनमुटाव मत्थर भएको अनुमान गरिएको थियो ।

3.jpg

वर्षाले कालो ब्याग्राउन्डमा लेखेकी छिन्–‘अब समाज भन्दा आफ्नो मानसिक शान्ती रोज्दैछु । संझौता धेरै भयो ।’ उनले ‘म ति मानिसहरुको वरिपरी रहँदा थाकिसकेँ, जसले इमानदारिता र वफादारिताको अवधारणा वुझ्दैनन्’ भनेर समेत लेखिकी छिन् । वर्षाको यो स्टाटसले धेरैलाई अचम्मित बनाएको छ । उनले, आफ्नो अर्को पोष्टमा लेखेकी छिन्–‘यो संझौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?
वर्षाको यो गम्भिर स्टाटसले उनको व्यक्तिगत जीवनमा केही हलचल भैरहेको वुझ्न सकिन्छ । केही समय अगाडि उनी र नायक संजोग कोइरालाबिच डिभोर्स हुन लागेको खबर समेत सार्वजनिक भएको थियो ।
त्यसपछि, वर्षाले दिएको अन्तरवार्तामा आफूहरुबिच झगडा परेपनि अहिले सबै राम्रो रहेको बताएकी थिइन् । तर, इन्स्टाग्रामको स्टोरीमा लेखेका यी शब्दले कतै उनको व्यक्तिगत जीवनमा केही भइरहेको त छैन भन्ने अड्कल लगाउन सकिन्छ । नाइँ नभन्नु ल ४’ बाट अभिनयमा डेब्यु गरेकी वर्षाले १५ वटा फिल्ममा काम गरेकी छन् ।